advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

मुस्ताङको लोमान्थाङमा टेलिकमको थ्रिजी सेवा सुरु

   मङि्सर ०३, २०७४        706        ऊर्जा /काठमाडौं

नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । समुन्द्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो स्थानमा थ्रिजी बिटिएस राखेर सेवा सञ्चालन गरिएको हो ।

थ्रिजी सेवा सञ्चालन गर्न मुक्तिक्षेत्र गाउँपालिकाको घिउलाडाँडामा रिपिटर स्टेशन राखेर माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जनाएको छ ।

लोमान्थाङका सबै गाउँ र दालोमे गाउँपालिको केही स्थानमा थ्रिजी सेवा पुगेको छ । सेवाबाट लोमान्थाङ, छोसेर र कोरला नाकामा घुम्न जाने पर्यटक लाभान्वित हुने भएका छन् ।

सेवा सुरु भएसंगै सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ । सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्ने लोमान्थाङमा टुजी मोबाइल सेवा सञ्चालनमा सञ्चालन हुँदै आएको थियो ।

यस्तै, म्याग्दीको ओखरबोटमा पनि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । मालिका गाउँपालिको डाँडागाउँ किटेनीमा टावर स्थापना गरिएको हो । टावर स्थापनापछि रुमा, जेमा, बिलवाङ, खवाङ; झागाउँ, अउला, पातले र ओखरबोट गाउँका ७ सय बढी घरधुरी लाभान्वित भएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7