advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत् क्षेत्रको ब्रेक थ्रु : माथिल्लो तामाकोसी

   मङि्सर ०५, २०७४        133   

माथिल्लो तामाकोसी आयोजना निर्माणपूर्व दुई वटा अध्ययन भएका थिए । २०४१ मा जापान सरकारबाट सुरु गरिएको कोसी नदी जलस्रोत विकास गुरु आयोजनामा टीए–६ नाम दिई १ सय १३ मेगावाट क्षताको आयोजना यसको नजिक पहिचान भएको देखिन्छ । २०५५ (१९९९) मा अस्टे«लियन नागरिक डा. क्रिस्चियन उल्हरले रोल्वालिङ क्षेत्रको भौगर्भिक अध्ययनका सिलसिलामा रोल्वालिङ जलविद्युत् आयोजनाको नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी जडित क्षमता १ सय २० मेगावाट हुने र लागत प्रतिकिलोवाट ११ सय अमेरिकी डलर हुने बताएका थिए । त्यसपछिको एउटा अध्ययनले २ सय ५० मेगावाट र अर्को अध्ययनले ३ सय ९ मेगावाट क्षमताको आयोजना निर्माण हुन सक्ने देखाएको पाइन्छ । नेपाल विद्युत् प्राधिकरण २०५६ देखि गहन अध्ययन थालेको थियो । र अहिले माथिल्लो तामाकोसीको क्षमता ४ सय ५६ मेगावाट तय भएको छ । आयोजना निर्माणार्थ २५ फागुन २०६३ मा अपर तामाकोसी हाइड्रो पावर लिमिटेड (यूटीकेएचपीएल) स्थापना भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी अहिलेसम्मकै सर्वाधिक ठूलो आयोजना हो । आयोजना प्रारम्भिक लागत निर्माण अवधिको व्याज बाहेक ३५ अर्ब २९ करोड रहेको छ । आयोजनमा हालसम्मको ३२ अर्ब ५४ करोड खर्च भइसकेको छ । भलै आयोजना दुई वर्ष विलम्ब हँुदा संशोधित लागत अनुमान ४१ अर्ब ७२ करोड पुग्ने अनुमान छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी सम्भाव्यता अध्ययन नेपाल विद्युत् प्राधिकरणले २०५७÷६० को अवधिमा गरेको थियो । २०६०÷६२ को अवधिमा नर्वे सरकारको सहयोगमा विस्तृत डिजाइन र बोलपत्र तयार भएको थियो । आयोजना निर्माणार्थ २५ फागुन २०६३ मा अपर तामाकोसी हाइड्रो पावर लिमिटेड स्थापना भएको थियो । २०६७÷६८ मा निर्माण सुरु भएको आयोजना २०७२÷७३ मा पूरा गर्ने लक्ष्य रहेकोमा निर्धारित समयभन्दा दुई वर्ष विलम्ब भइसकेको छ ।

माथिल्लो तामकोसी अधिकतम स्वदेशी सीप र श्रम उपयोग भएको आयोजना मात्र होइन । पूर्णतया स्वदेशी वित्तीय साधन उपयोग भएको आयोजना पनि हो । आयोजना मूलतः नेपाली श्रम र प्रविधिमा निर्मित भइरहेको छ । सिभिल कार्य चिनिया कम्पनी सिनो हाइड्रोले गरिरहेको भए तापनि नेपाली ठेकेदार हिमाल हाइड्रो पनि आयोजना निर्माणमा संलग्न छ । तामाकोसीको लागत निर्माण अवधिको ब्याजबाहेक ३९ अर्ब २९ करोड निर्धारण भएको छ । पुँजीको बनावट– ७० प्रतिशत ऋण (२४.७० अर्ब) र ३० प्रतिशत सेयर (१०.५१ अर्ब) रहेको छ । आयोजनमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, कर्मचारी सञ्चय कोषको २० प्रतिशत, दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २÷२ प्रतिशत, दोलखावासी १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, ऋण प्रवाह गर्ने संस्थाहरूको तीन प्रतिशत, अपर तामाकोसी र प्राधिकरणका कर्मचारीहरूको ६ प्रतिशत स्वपुँजी रहेको छ भने सञ्चय कोषको १२ अर्ब, दूरसञ्चार कम्पनी लिमिटेडको ६ अर्ब, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको २÷२ अर्ब, नेपाल सरकारको ११ अर्ब ८ करोड लगानी रहेको छ ।

राष्ट्रिय गौरवका २१ वटा आयोजनामध्ये सबैभन्दा पहिले निर्माण सम्पन्न हुने आयोजना हो माथिल्लो तामाकोसी । स्मरण रहोस्, राष्ट्रिय गौरवका २१ वटा आयोजनामध्ये कतिपय आयोजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन । कतिपयको मोडालिटी चयनमै अलमल छ । इपीसीएफ मोडलमा निर्माण गर्ने गरी दाहाल सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बुढीगण्डकीको समझदारीपत्र देउवा सरकारले खारेज गरेको छ । कति ठीक कति बेठीक त्यो बेग्लै कुरा हो ।

यो आयोजना अहिलेसम्मकै ठूलो मानिने १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी परियोजनाभन्दा ३.१६ गुना ठूलो आयोजना हो । हाल जलविद्युत् परियोजनाबाट ९०७.६ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट गरी जडित क्षमता ९ सय ६१ मेगावाट पुगेको छ । यस हिसाबले तामाकोसी आयोजना निर्माण हुनु भनेको वर्तमान क्षमतामा ५०.२४ प्रतिशत थप हुनु हो । २०८० सम्ममा चालू ६ वटा आयोजनाबाट ७ सय ४० मेगावाट थप हुने बताइएको छ । जसमा तामाकोसीको एकल हिस्सा ६१.६२ प्रतिशत छ ।

करिब ९० प्रतिशत सिभिल कार्य समाप्त भइसकेको सन्दर्भमा २०७५ असारसम्ममा पहिलो युनिटबाट उत्पादन हुनेछ भने २०७५ पुसबाट पूरै युनिटबाट उत्पादन हुनेछ । माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्नपछि नेपालको लोडसेडिº मात्र अन्त्य हुनेछैन, बल्की भारतबाट विद्युत् आयात गर्ने कुरा इतिहास बन्नेछ ।

जब किफायती मूल्यमा जलविद्युत् आयोजना निर्माण हुन सक्छ, तब आयोजना अर्थपूर्ण हुन सक्छ । भौगर्भिक बनावट, जग्गा अधिकरण, पहुँचमार्ग र पुलपुलेसा निर्माणको अवस्थाले लागतको निर्धारण गर्छ । यस हिसाबले माथिल्लो तामाकोसी अब्बल दर्जाको आयोजना हो । मुआब्जा र पुनर्वासको खासै समस्या झेल्नु नपरेको अवस्था छ । प्रारम्भिक अध्ययनले आयोजनाको ब्याजबाहेक प्रतिकिलोवाट १ हजार अमेरिकी डलरमा निर्माण हुने देखाएको छ । जब कि अन्य आयोजनाको न्यूनतम लागत २५ सय अमेरिकी डलरभन्दा अधिक रहने गरेको छ । निर्माण अवधिको ब्याजबाहेकको ३५ अर्ब २९ करोडमा आयोजना निर्माण हुनु भनेको प्रति मेगावाट लागत ७ करोड ७३ लाख मात्र पर्नु हो । जबकि अहिले औसत लागतप्रति मेगावाट २० करोड पर्न जान्छ । चमेलियाको लागत अहिले प्रतिमेगावाट ५० करोडभन्दा नाघिसकेको छ । आयोजना दुई अढाइ वर्ष विलम्ब भइसकेको सन्दर्भमा लागत ५० अर्बभन्दा अधिक हँुदैन भन्ने विज्ञहरूको ठम्याइ छ । लागत वृद्धि हुँदा पनि प्रतिमेगावाट १० करोड ९६ लाखभन्दा अधिक हुँदैन । जबकि अर्को अत्यन्त किफायती ठानिएको बुढीगण्डकी आयोजनाको लागत प्रतिमेगावाट २१.६६ करोड अनुमान भएको छ ।

माथिल्लो तामाकोसी सुक्खा याममा पनि दैनिक चारघन्टा विद्युत् उत्पादन गर्न सकिने आयोजना हो । लामाबगरमा हजारांै वर्ष पहिले निर्मित प्राकृतिक बाँध माथिल्लो तामाकोसीका लागि प्राकृतिक बरदान सावित भएको छ । जहाँ छोटो सुरुङ मार्गबाट अग्लो वाटर हेड (८२२ मिटर ग्रेस हेड) प्राप्त भएको छ । यही छोटो सुरुङ मार्गबाट पानी खसाली ४ सय ५६ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । ड्यामको उचाइ २२ मिटर, लम्बाई ६० मिटर रहेको छ भने २.५ किमी लामो तालमा १२ लाख घनमिटर पानी जम्मा गर्न सकिन्छ । जुन दैनिक पिकिङ जलाशयका लागि उपयुक्त हो । नदीको बहाव उतारचढाव खासै नरहेको अवस्था छ । अर्थात् हिउँदको मासिक बहाव राम्रो रहेको छ । वर्षामा नदीको बालुवा सेडिमेन्ट तुलनात्मक रूपमा न्यून रहेको छ । अधिकांश संरचना भूमिगत रहेकाले बस्ती र कृषियोग्य भूमिमा प्रभाव न्यून छ ।

सामान्यतया आयोजना निर्माण हँुदा स्थानीयवासी केही न केही त्याग गर्नुपर्छ । पुस्तौंदेखि बसोबास गर्दै आएको थातथलो गुमाउनुपर्छ । तर माथिल्लो तामाकोसी त्यसको अपवाद हो । आयोजना निर्माण हुँदा सिंगटी, लामाबगर र आसपासमा आर्थिक गतिविधि मौलाएका छन् । दोलखाको सदरमुकाम चरिकोटदेखि लामाबगर ६८ किमी सडक र थुपै पुलपुलेसाहरू निर्माण भएको छ । प्रभावित क्षेत्रमा प्रवद्र्धकबाट शिक्षा, स्वास्थ्य, खानेपानी आयोजनालगायत आयआर्जनमूलक परियोजना विकास गरिएका छन् । प्रभावित क्षेत्रका प्रत्येक प्रतिघरधुरीले ७० कित्ता सेयर प्राप्त गरेका छन् ।

२०७१ चैतसम्ममा ७९ प्रतिशत पूरा भएकोमा १२ र २९ वैशाख २०७२ को महाभूकम्पका कारण आयोजनामा दुई वर्ष पछाडि धकेलिन पुग्यो । हालसम्म विद्युत्गृह, मुख्य टनेल र काँध निर्माण दु्रतगतिमा भइसकेको छ । टर्बाइन, प्रसारण लाइन, सिभिल, हाइड्रो मेट्रोलोजी मेनकानिकल, इलोक्ट्रोनिक्स, सब स्टेसनको कार्य छुट्टाछुट्टै अघि बढिरहेका छन् । तीन सिफ्टमा कार्य हुँदा ८.२ किमी लामो सुरुङको बे्रक थु्र ४ मंसिर २०७४ मा भएको छ । उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न खिम्ती सब स्टेसनसम्म २ सय २० केभिए प्रसारण भइरहेकोमा १ सय ४७ पोलमध्ये १ सय ३१ वटा पोल निर्माण सम्पन्न भइसकेका छन् । करिब ९० प्रतिशत सिभिल कार्य समाप्त भइसकेको सन्दर्भमा २०७५ असारसम्ममा पहिलो युनिटबाट उत्पादन हुने छ भने २०७५ पुसबाट पूरै युनिटबाट उत्पादन हुने छ । माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्नपछि नेपालको लोडसेडिङ मात्र अन्त्य हुने छैन, बल्की भारतबाट विद्युत् आयात गर्ने कुरा इतिहास बन्नेछ ।

स्राेत : राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7