advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

गणतन्त्र स्मारक ‘पर्यटकीय केन्द्र’ बनाउने योजना, काम अन्तिम चरणमा

   मङि्सर ०६, २०७४        502        ऊर्जा खबर/काठमाडौं ।

नारायणहिटी दरबार संग्राहलयभित्र गणतन्त्र स्थापनाको प्रतीकका रूपमा गणतन्त्र स्मारक भइरहेको छ । गणतन्त्र स्थापना भएपछि सरकारले गणतन्त्रको झझल्को दिने गरी स्मारक निर्माण सुरु गरेको हो ।

नारायणाहिटी दरबारभित्र निर्माणाधीन गणतन्त्र स्मारक

स्मारकको अधिकांश भौतिक संरचना निर्माण पूरा भएको सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक मणिराम गेलालले बताए । ‘अब थोरैमात्र काम बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘स्मारकले देशको पहिचान दिनेछ ।’

२०६९ चैतबाट सुरु भएको काम भूकम्प नाकाबन्दी लगायत कारणले पूरा हुन डेढ वर्ष ढिलो भएको छ । बिकोई विल्डर, स्काई विल्डर तथा बंगलामुखी कन्सट्रक्सनसँग २०६९ मंसिर २२ गते सम्झौता गरेको थियो ।

२०७२ मंसिर २१ मा स्मारक निर्माण सम्पन्न गर्ने गरी नारायणहिटी क्षेत्रको ८२ रोपनी क्षेत्रफल छुट्ट्याउने निर्णय गरेको थियो । तर, हाल ३५ रोपनी जग्गामा मात्र स्मारक बनेको छ ।

काम सम्पन्न भएपछि दरबार संग्रहालयलाई हस्तान्तरण गरिने गेलालले बताए । विभागका अनुसार स्मारक निर्माण गर्न ४२ करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ३४ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

१२ मिटर उचाइ रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालरी रहनेछन् । यस्तै, चार वटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिनेछ । स्मारकको फ्लोरमा धातुले बनेको नेपालको नक्सा राखिनेछ । स्मारक अपांगमैत्री हुने र जमिनमुनिको तलामा हावा पास हुने प्रविधि गरिएको छ ।

सरकारले स्मारकलाई देशमा गणतन्त्र प्रतीकको रूपमा चिनाउनुको साथै आन्तरिक एवं बाह्य पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेको छ । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गर्ने भनिएको गणतन्त्र स्तम्भको काम भने अहिलेसम्म सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7