advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बंगलादेश बैंकले बोनस सेयर र नगद लाभांश दिने

   मङि्सर ०६, २०७४        2604        ऊर्जा खबर/काठमाडौं

नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको मंसिर ३ मा सम्पन्न २३औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीलाई बोनस सेयर नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको जनाएको छ । बोनस सेयर वितरणपछि बैंकको कूल चुक्ता पुँजी ८.०८ अर्ब रुपैयाँ पुग्नेछ ।

गत आवमा बैंकले १ अर्ब २० करोड रुपैयाँ अर्ब खुद मुनाफा आर्जन गरेको थियो । यस्तै, सोही अवधिमा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब २४ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । बैंकले आगामी दिनभा मर्चेन्ट बैंकिङ सेवासमेत दिने गरी सहायक कम्पनी स्थापना गर्न लागेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7