advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

युनाइटेड मोदी हाइड्रोपावरले ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिने

   मङि्सर १०, २०७४        5371        ऊर्जा खबर/काठमाडौं

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सम्पूर्ण सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ । कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीलाई दिन लागिएको हो ।

सञ्चालक समितिले गरेको नगद लाभांश दिने प्रस्ताव नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा पठाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधीर तिम्सिनाले बताए । उनका अनुसार नगद लाभांश दिने प्रस्ताव आगामी पुस दोस्रो साता हुने सधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।

गत फागुनमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको कम्पनीले पहिलो वर्षमै सेयरधनीलाई नगद लभांश दिन लागिएको हो । कम्पनीका ६५ हजार सेयरधनी सदस्य छन् ।

कम्पनीले पर्वतमा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्र सञ्चालनमा छ । साढे १० मेगावाटको तल्लो मोदी ‘बि’ जलविद्युत आयोजनाको निर्माण सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7