advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

सानिमा माई हाइड्रोपावरको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर लिलामी खुल्यो

   मङि्सर ११, २०७४        2112        ऊर्जा खबर/काठमाडौं

सानिमा माई हाइड्रोपावर कम्पनीले बिक्री नभएको हकप्रद सेयर लिलामी खुल्ला गरेको छ । कम्पनीले गत साउनमा निष्कासन गरेको १ बराबर १ अनुपातको बिक्री नभएको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर सोमबारबाट लिलामी खुलाएको हो ।

लिलामी सेयर खरिद गर्नेले मंसिर १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले बताए । उनका अनुसार लिलामीको सेयर खरिदका लागि काठमाडौंसहित अन्य जिल्लाका मुख्य शहरबाट पनि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले न्युनतम १ सय कित्तादेखि अधिकत सबै सेयर खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । कम्पनीले गत साउन २७ देखि भदौ २९ गतेसम्म १ बराबर १ अनुपातको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । सबै सेयर बिक्री नभएपछि लिलामी खुल्ला गरिएको हो ।

हकप्रद तथा लिलामी सेयरबाट जम्मा भएको पुँजी सानिमा हाइड्रो ग्रुपले निर्माण गर्न लागेको ५४ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गरिने छ ।

यी दुई आयोजनासँगै सानिमा ग्रुपले १५ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना पनि यसै वर्ष अघि बढाउँदैछ । यसअघि निर्माण भएका ३१.५ मेगावाट बराबरका ३ जलविद्युत गृह अहिले सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7