advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

दोस्रो चरणको निर्वाचनपछि राधीको साधारण सेयर आउने

   मङि्सर १३, २०७४        2013   

राधी जलविद्युत कम्पनीले प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निर्वाचनलगत्तै समजुङमा सञ्चालित ४.४ मेगावाटको राधी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । कम्पनीले ६ करोड ६४ लाख रुपैयाँबराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गरेर बाँटफाट गरिने कम्पनीका प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीले बताए । सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ ।

कम्पनीले यसअघि गत वैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।
राधीले २०७१ असारबाट विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिमेगावाट १३ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न आयोजनाले एक वर्षपछि लगानीकर्तालाई लाभांश बाँड्न सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7