advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पर्यटक भित्र्याउन नगरकोट बन्न सक्छ ‘चिसापानी’

   मङि्सर १३, २०७४        1304        उर्जा खबर/काठमाडौं 

राजधानीबाट ३२ किलोमिटर दूरीमा रहेको सुन्दरीजल नगरपालिकाको धाप क्षेत्र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । शिवपुरी राष्ट्रिय निकृञ्जभित्रको धाप पर्यटकीय गन्तब्य बनाउन सकिने प्रशस्तै सम्भावना छन् । तर, स्थानीयको बेवास्था र राज्यको पहुँच नपुग्दा ओझेलमा परेको हो ।

निकुञ्जभित्रको धाप (ताल) यस क्षेत्रको परिचय हो । सुन्दरीजल–चिसापानी पदमार्ग हुँदै पुगिने यो क्षेत्र पर्यटक लोभ्याउने केन्द्र मानिन्छ ।
तालको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परेको स्थानीय विनय सिम्खडाले बताए ।

‘यहाँबाट गणेश र मानाश्लु हिमशृंखलाले यहाँ आउने हरेकको मन लोभ्याउँछ,’ उनले भने, ‘तर, नजिकको तीर्थ हेलाँ भनेझैँ भएको छ ।’ यो क्षेत्रमा ज्यादै न्यूनमात्र आन्तरिक पर्यटक आउने गरेको पनि उनले बताए ।

यो क्षेत्रमा पर्यटक भित्र्याउन सुन्दरीजल–धाप हुँदै चिसापानीसम्म केबुलकार सञ्चालन गर्ने योजना रहेको सिम्खडाले सुनाए । यहाँ आउने हरेकले पोखरा फेवाताल पुगेजस्तो अनुभव गरुन् ।

तस्बिर : ऊर्जा खबर

उचाईका कारण यहाँ हावाको झोक्काले तालको स्वरूप परिवर्तन भएको अनुभूति हुन्छ । यही आधारमा पर्यटक तान्न सकिने सम्भावना छ । तर, पछिल्लो समय यहाँ आउने पर्यटकले फोहोर छोड्ने हुँदा ताल प्रदुषित हुँदै गएको छ ।

बागमतीको उद्गमस्थल यो ताल राजधानीको धुलो धूवाँबाट फुत्केर विश्राम लिन उपयुक्त छ । ताल संरक्षण गरी भौतिक पूर्वाधार निर्माण गर्न सके नेपाल भित्रने विदेशी पर्यटकलाई यता मोड्न सकिन्छ । उपत्यकाबाट छोटो दूरीमा भएकाले हिमाली दृष्य हेरेर रमाउने विदेशी सजिलै आउने स्थानीय नर्बु तामाङ बताउछन् ।

सुन्दरीजलबासीले यस तालमा मोटरबोट सञ्चाल गरेर पर्यटकीय गन्तब्य बनाउने योजना अघि बढाएका छन् । तर, बजेट योजनाअनुसार काम हुन सकेको छैन ।

उपत्यकाबासी बिदामा धाप नजिकको चिसापानीबाट देखिने हिमाली दृष्य हेर्न यहाँ पुग्ने गर्छन् । यहाँबाट सगरमाथा, गणेश, मनाश्लुलगायत हिमाल हेर्न सकिने स्थानीय गणेश खड्का बताउछन् ।

उचित प्रवर्द्धन गर्न सके यो नगरकोटजस्तै पर्यटकीय गन्तब्य बनाउन सक्ने ठाउँ हो । चिसापानीबाट तालामाराङ, शेर्माथाङ हेलम्बुसम्म दुई दिनको पदयात्रा गर्न सकिन्छ । त्यसैगरी, पार्टी भञ्ज्याङ, कुशुमछाङ, थोरपाटी, घोप्टे, लौरीबिना सूर्यकुण्ड हुँदै गोसाइकुण्डसमेत जाने मार्गका रूपमा चिसापानी परिचित छ ।

तस्बिर : ऊर्जा खबर

पदयात्रामा आउने पर्यटक पहिलो रात चिसापानीमा बिताउँने गर्छन् । २०६२ सालदेखि आवागमन सुरु भएको यस क्षेत्रमा केही वर्ष अघिसम्म पर्यटक पाल टागेर बास बस्ते । अहिले यहाँ खान बस्न व्यवस्थित होटल र हल सञ्चालनमा छन् ।

चिसापानीमा हाल १२ वटा साना–ठूला होटल छन् । २ सय पर्यटकका लागि यहाँ भएका होटलले सेवा दिन सक्ने होटल व्यवासयी कुमार तामाङले बताए । यो ठाउँमा बैशाखदेखि मंसिरसम्म आन्तरिक पर्यटक आउने गर्छन् ।

गर्मीमा हिमाल हेर्न र गर्मी छल्न आन्तरिक पर्यटक चिसापानीतिर आकर्षित हुन्छन् । यो क्षेत्रमा वार्षिक सात लाखभन्दा बढी आन्तरिक पर्यटक आउने शिवपुरी राष्ट्रिय निकुञ्जको आँकडा छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7