advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनाइटेड मोदीको साधारणसभा पुस ७ मा हुने

   मङि्सर १४, २०७४        634        ऊर्जा खबर/काठमाडौं

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७२/७३ तथा २०७३/७४ को साधारणसभा एकै पटक हुन लागेको हो ।

साधारणसभाले कम्पनीको चुक्तापुँजीको ५ प्रतिशत हुन आउने ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

मंसिर २१ गतेसम्म कायम हुने सेयरधनीले नगद लाभांश प्राप्त गर्नेछन् । साधारणसभालाई मध्यनगर गर्दै मंसिर २२ देखि पुस ९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

यस्तै, साधारणसभाले कम्पनी अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ । एकजना संस्थापक, २ जना सर्वसाधारण सञ्चालक पनि नियुक्त गरिने छ ।

कम्पनीले पर्वतमा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्र सञ्चालनमा छ । साढे १० मेगावाटको तल्लो मोदी ‘बि’ जलविद्युत आयोजनाको निर्माण सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7