advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

विदेशबाट आउने अवैध फोन कलबारे सचेत रहन टेलिकमको अनुरोध

   मङि्सर १४, २०७४        653        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले विदेशबाट आउने अवैध कलबारे सचेत रहन ग्राहकवर्गमा अनुरोध गरेको छ । टेलिकमको नम्बर देखिने गरी आएका अवैध फोन कलबाट ठगीका घटना बढीरहेकाले सचेत रहन अनुरोध गरिएको हो ।

केही दिन यता चिठ्ठा परेको प्रलोभनका फोनकल आइरहेकाले यस्ता कल नियन्त्रणका लागि सक्रियता बढाएको टेलिकमले जनाएको छ ।

विदेशबाट आएको फोन कलमा नेपाल टेलिकमको मोबाइल नम्बर देखिएमा १ सय ८८ नम्बरमा फोन गरेर उक्त नम्बर टिपाउन आग्रह पनि गरेको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्ने छैन ।

ठगी गर्ने उदेश्यले आउने यस्ता अवैध कलबाट राजश्व संकलनमासमेत नकारात्मक असर पर्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7