advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

राजधानीका सडकमा दैनिक १० लाख सवारी गुड्छन्

   मङि्सर १४, २०७४        7271        ऊर्जा खबर/काठमाडौं

साँधुरो सडक तथा सवारी चापले राजधानी काठमाडौं र यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । सवारी संख्या थपिँदै जाँदा सडक पूर्वाधार त्यहीअनुसार मर्मत संभार नगर्दा पनि समस्या देखिएको हो ।

उपत्यकामा सडकको लम्बाई करिब १ हजार ७ सय ५० किलोमिटर छ । यो सडकका दैनिक १० लाख सवारी गुड्ने सडक विभागले जानकारी दिएको छ ।

सडकको क्षमता भन्दा बढी सवारी रहेकाले उपत्यका अत्यास हुँदै गएको विभागका सहायक–प्रवक्ता रमेशकुमार सिंहले बताए । ‘सडकको अवस्था सुधार गरिरहेका छौं,’ उनले भने, मेलम्ची खानेपानी आयोजनाले सडक भत्काउने र निर्माण गर्दै आएको छ, विस्तार योजना अहिले समयभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

काठमाडौंका सडकमा दैनिक दस लाख सवारी गुड्ने हुँदा व्यवस्थापनमा समस्या भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताए । ‘कमजोर सडक समयमै व्यवस्थापन नहुँदा ट्राफिकले पनि सास्ती बेहोर्नुपरेको छ ।’

पैदल यात्री हिडने आकाशे पुल नहुँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । बानेश्वर चोक, चावहिललगायत ठाउँमा कंलकीमा जस्तै भूमिगत सडक आवश्यक रहेको रञ्जितकारले बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7