advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पौडेलसहित चार पत्रकारलाई ‘सेजन अवार्ड’

   मङि्सर १५, २०७४        276        ऊर्जा खबर/काठमाडौं

नेपाल आर्थिक पत्रकार समाज (सेजन) नेपालले शुक्रबार नागरिक दैनिकका दिलिप पौडेलसहित
चार पत्रकारलाई ‘सेजन अवार्ड’ बाट सम्मान गरेको छ । वर्षभरि उत्कृष्ट समाचार लेखेबापत उनीहरू सम्मानित भएका हुन् ।

सम्मान पाउनेमा कान्तिपुरका कृष्ण आचार्य, राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपाल अनलाइन पत्रिकाका सिताराम विलासी छन् । क्यापिटल आर्थिक मासिकका विनय बन्जराले पनि प्रोत्साहन पुरस्कार पाएका छन् ।

पौडेलले नेपाल आयल निगमले पेट्रोलियम भण्डारण गर्न आवश्यक जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे निरन्तर समाचार लेखेवापत सम्मान पाएका हुन् । उनले जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे दुई महिनासम्म समाचार लेखेका थिए । बन्जराले नेपालमा गैरकानूनी विट क्वाइन कारोबारको समाचार लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7