advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बिपिसीले डेढ महिनाभित्र २ अर्बको एफपिओ जारी गर्दै

   मङि्सर १९, २०७४        2643        ऊर्जा खबर/काठमाडौं

बुटवल पावर कम्पनी (बिपिसी) ले आगामी डेढ महिनाभित्र सर्वसाधारणका लागि थप सेयर (फर्दर पब्लिक अफरिङ– एफपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५ सय १ रुपैयाँमा सेयर जारी गर्न लागेको हो ।

सेयर निष्कासन गर्न कम्पनीले सोमबार (मंसिर १८गते) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । उसले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँबराबरको ४० लाख ८१ हजार कित्ता सेयर जारी गर्दैछ ।

बोर्डबाट पत्र  नअाएकाे र आएपछि निष्कासन प्रक्रिया अघि बढाइने बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बताए । ‘निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीसँगको छलफलपछि मिति तय हुन्छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘यद्यपि, आगामी माघ पहिलो साताभित्र सेयर जारी गर्न सकिन्छ ।’

निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड र सहप्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त गरिएको पनि श्रेष्ठले जानकारी दिए । स्वीकृतका लागि कम्पनीले २०७३ चैत १३ गते बोर्डमा आवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7