advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

सरकारी अनुदानबिनै ६८ हजार घर बने

   मङि्सर १९, २०७४        1330        ऊर्जा खबर/काठमाडौं

भूकम्पपछिको पुनर्निर्माणमा सरकारले अनुदान रकम वितरणमा ढिलाइ गरेपछि सर्वसाधारणले त्यसको आश नगरी ६८ हजार घर निर्माण गरेका छन् । भूकम्प गएको साढे दुई वर्षमा ती घर बनेका हुन् ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले निजी सार्वजनिक, विद्यालय तथा अस्पताल गरी झन्डै ८ हजार घरमा क्षति पुगेको थियो । कानूनी जटिलता, दक्ष कामदार अभाव र राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत परिवर्तनजस्ता कारणले पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।

हजारौं भूकम्पपीडित अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन् । सरकारले भुकम्पपीडितका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरे पनि लक्ष्यअनुसार खर्च गर्न सकेको छैन् ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्पपछि हालसम्म पीडितले कबिर ६८ हजार घर निर्माण गरेको स्वीकार गरे । ‘भूकम्पपीडितले आफैँ पनि घर निर्माण गरेका छन्, ती घर भूकम्प प्रतिरोधी छन् कि छैनन् यकिन गरेपछि सरकारले दिन्छ,’ उनले भने, ‘भूकम्पपीडित आफैँले निर्माण गरेका केही घर अनुदानको पर्खाइमा छन् ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7