advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोले ३५ करोडको सेयर निष्कासन गर्ने

   मङि्सर १९, २०७४        9008        ऊर्जा खबर/काठमाडौं

सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको शिवश्री हाइड्रो पावर लिमिटेडले सर्वसाधारणलाई सय कित्ता मूल्य अंकित ३५ करोड रुपैयाँबराबरको ३५ लाख कित्ता सेयर साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयलाई छुट्ट्याइएको १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर जारी गर्ने जनाएको छ । यसपछि बाँकी सेयर सर्वसाधारणलाई वितरण गरिनेछ । कम्पनीका अनुसार अहिलेसम्म आयोजनाको करिब ८५ प्रतिशत काम पूरा भएको छ ।

सिन्धुपाल्चोकको फुलपिङकट्टी र मारमिङमा निर्माण भइरहेको आयोजनाबाट सन् २०१८ को फ्रेब्रुअरीभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ३ वर्षअघि गएको जुरै पहिरोका कारण विद्युत् उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7