advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

स्याङबोचे र डाँडाखर्कमा टेलिकमको जिएसएम सेवा

   मङि्सर १९, २०७४        182        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ ।

विकट हिमाली जिल्ला मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको हो ।

जोमसोमदेखि करिब ४० किलोमिटर दूरीको ४ हजार मिटर उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको टेलिकमले जानकारी दिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ ।

उक्त टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवेअन्तर्गत ताङवेदेखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउँछ । यसबाट माथिल्लो मुस्ताङ र दामोदर कुण्ड भ्रमणमा आउने पर्यटक साथै सो क्षेत्रका ४ सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

त्यसैगरी, दोलखाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजारभन्दा बढी सेवाग्राही लाभान्वित हुने जनाइएको छ । मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुनेछन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी तथा डाटासमेत चलाउन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7