advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बंगलादेश बैंकका चार शाखा विस्तार

   मङि्सर १९, २०७४        436        ऊर्जा खबर/काठमाडौं

नेपाल बंगलादेश बैंकले देशका विभिन्न ठाउँमा ४ शाखा विस्तार गरेको छ । बैंकले जुम्लाको सिन्जा, धनकुटाको भेडेटार–साँगुरीगढी, तेह्रथुमको छत्तर र संखुवासभाको पाँचखपनमा नयाँ शाखा विस्तार गरेको हो ।

बैंकका अनुसार ती शाखा ५१औं, ५२औं, ५३औं र ५४औं हुन् । मंसिर १३ गते सिन्जा, १७ गते भेडेटार–साँगुरीगढी र छत्तर तथा १८ गते पाँचखपनमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब महाप्रबन्धक सुरेन्द्र भुषणले शाखा उद्घाटन गरेका थिए ।

बैंकले भेडेटार–साङ्गुरीगढीमा एटिएम सेवा पनि खोलेको छ । यी ४ शाखासहित बैंकका ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४८ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा ४३.७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३७.४६ अर्ब ऋण लगानी गरेको छ । यस्तै, सोही अवधिमा १.२० अर्ब रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7