advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

माछापुच्छ्रे बैंकको पोखरामा प्रभातफेरी कार्यक्रम

   मङि्सर १९, २०७४        147        ऊर्जा खबर/काठमाडौं

माछापुच्छ्रे बैंक लिमिटेडले उन्नाइसौं वार्षिक साधारणसभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको कार्यक्रम हल्लनचोक हुँदै बसुन्धरा पार्कमै पुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा वित्तीय साक्षरताअन्तर्गत बैकिङ सचेतना, सेवाको फाइदा, सफा नोटको महŒव, डेबिट÷क्रेडिट कार्डको उपयोग र यसको फाइदाबारे जानकारी दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ को पहिलो त्रैमाससम्म २८ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै, ६४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

गत मंसिर १५ गते बसेको बैंकको वार्षिक साधारणसभाले ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर तथा हिमालदेखि पहाड र तराईसम्म ६२ शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरलगायत ७ शाखारहित बैकिङ सेवा गरी ७३ स्थानवाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7