advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

काठमाडौं अन्धकार बनाउने गरी बम विष्फोट

   मङि्सर २१, २०७४        3459   

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अघिल्लो दिन बुधबार राति काठमाडौं उपत्यका अन्धकार बनाउने नियतले भक्तपुरमा शक्तिशाली बम विष्फोट गराइएको खुलेको छ ।

बुधबार राति करिब ९ बजे काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति हुने मुख्य लाइन भक्तपुर–बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिक खेतमा गराइएको विष्फोटबाट तार चुडेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

विद्युत् अवरुद्ध हुँदा बानेश्वर र पाटन क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति रोकिएको थियो । यही कारण उक्त क्षेत्रमा विद्युत् कटौती भएको पनि प्राधिकरणको भनाइ छ । विष्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।

‘सुरुमा प्राविधिक कारणले तार चुंडिएको जस्तो लागेको थियो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘उपत्यकाको विद्युत् आपूर्ति हुने मुुख्य थाहा पाएर बम पड्काएको हुन सक्छ ।’

उपत्यका अन्धकार बनाएर चुनाव बिथोल्ने नियतले विष्फोट गराइएको हुन सक्ने प्राधिकरण अधिकारीको भनाइ छ । प्राधिकरणले निर्वाचनको संवेदनशीलतालाई ध्यान दिएर आपत्कालीन व्यवस्थाबाट आपूर्ति मिलाएको पनि घिसिङले बताए ।

‘यस्ता हिंसाजन्य घटनाले प्रसारण तथा वितरण लाइनमा ठूलो चुनौती थपिएको छ,’ उनले भने । गत वर्षदेखि उपत्यका सहित मुलकभर लोडसेडिङ अन्त्य भएपछि यसमा विभिन्न अवरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7