advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंक र सिफ्ट फाइनान्सीयलबीच सम्झौता

   मङि्सर २४, २०७४        348        ऊर्जा खबर/काठमाडौं

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाइनान्सीयल सर्भिसेज लिमिटेडबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक सन्तोष कोइराला र बेलायती कम्पनीबाट अध्यक्ष इदनान सबनले हस्ताक्षर गरेका छन् ।

बेलायतमा मुख्य कार्यालय रहेको कम्पनीले विश्वका ६६ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । सम्झौतापछि अष्ट्रेलिया, बहराइन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेबिया, टर्की, युइनाइटेड अरब इ्रमिरेट्स तथा बेलायतमा रहेका नेपालीले बैंकका शाखाबाट सेवा लिन पाउनेछन् ।

बैंकका अनुसार नेपालभरका ६२ शाखा, ५ हजार बढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन र ७ शाखारहित सेवा काउन्टरबाट सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7