advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

साञ्जेन जलविद्युत कम्पनीले कर्मचारीका लागि सेयर निष्कासन गर्न स्वीकृति पायो

   मङि्सर २७, २०७४        6097        ऊर्जा खबर/काठमाडौं

साञ्जेन जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्ट्याएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिल्ला विकास समिति (जिविस) रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
उनका अनुसार बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेर बाँटफाँट गरिनेछ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषसँग छलफल गरेर सेयर निष्कासन गर्ने दिनको टुङ्गो लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ ।
यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ ।
७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।

गत साउनमा स्वीकृति मागिएको भए पनि बोर्डको सहायक कम्पनी सिडिएस एण्ड क्यिरिङ लिमिटेडसँग आवश्यक सफ्टवेर नहुँदा ५ महिना ढिलो गरी बोर्डले स्वीकृति दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7