advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

टेलिकमले टेलिफोन तार भूमिगत बनाउने

   मङि्सर २८, २०७४        2702        ऊर्जा खबर/काठमाडौं

तारै तारले सहर कुरुप बन्दै गएपछि नेपाल टेलिकमले यसको व्यवस्थापन गर्न टेलिफाेन तार भूमिगत विस्तारको योजना अघि सारेको छ ।
नेपाल विद्युत् प्राधिकरण तथा अन्य सरोकारवाला निकायले समेत दबाब दिएपछि काम भूमिगत विस्तारको प्रक्रिया अघि बढाइएको हो ।

अव्यवस्थित तार व्यवस्थापन गर्न सरकारले पटक पटक आग्रह गरे पनि अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । अब भूमिगत बनाएर समस्याको दिगो समाधान गर्न लागिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

‘राजधानीका सडकमा टेलिकमको तार २० प्रतिशत मात्र छ, बाँकी केबलका तार हुन्,’ उनले भनिन्, ‘सडक किनारका पोलबाट तार हटाउने काम सुरु भइसकेको छ ।’ टेलिकमले हटाए पनि अन्य केबल सेवाप्रदायकका कारण समस्या उस्तै रहने उनको तर्क छ ।

प्राधिकरणले विद्युतीय तार प्रयोग भएका पोलमा अनेक तार नटाँग्न आग्रहसमेत गरेको छ । बिजुलीको पोलबाटै टिभी, इन्टरनेट, टेलिफोन तथा केबल नेटवर्कका तारले सहरको सैन्दर्य हराउँदै गएकाे प्राधिकरणकाे तर्क छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7