advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकले बेनी अस्पताललाई मेडिकल उपकरण दियो

   मङि्सर २९, २०७४        566        ऊर्जा खबर/काठमाडौं

माछापुच्छ्रे बैंक लिमिटेडले म्याग्दीको जिल्ला अस्पताल बेनीलाई बिहीबार मेडिकल उपकरण हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा उक्त सेवा प्रदान गरेको हो ।

कार्यक्रममा आँखा, नाक, कान, बाल चिकित्सा सम्बन्धी जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी एक लाख १९ हजार रुपैयाँबराबरको उपकरण हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैकले नेपाल अधिराज्यभर छरिएरका आफ्ना शाखा कार्यालयमार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुदलगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।

पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर तथा हिमालदेखि पहाड र तराईसम्म ६२ शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, ७ शाखारहित बैकिङ सेवा गरी ७३ स्थानवाट सेवा दिँदै आएको छ । बंैकका देशभर ८४ एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7