advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

कञ्चनपुर र बाँकेमा माछापुच्छ्रे  बैंकको शाखारहित सेवा सुचारु 

   मङि्सर २९, २०७४        806        ऊर्जा खबर / काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुर र बाँकेका ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । कञ्चरपुरको भिमदक्त र बेदकोट नगरपालिका तथा बाँकेको बैजिनाथ गाउँपालिकामा सेवा सञ्चालनमा ल्याइएको हो ।

युकेएड सक्षमसँगको सहकार्यमा भिमदक्त–१६ स्थित माझगाउँ चौराहा र बेदकोट-८ स्थित समादाईजीमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

यस्तै, बैजिनाथ-२ को नौबास्तामा पनि गत मंसिर २७ गतेबाट बैंकिङ सेवा सुचारु गरिएको छ । यससँगै बैंकको शाखारहित सेवा केन्द्र ९ स्थानमा पुगेको छ ।

शाखारहित सेवा केन्द्रबाट सेवाग्राहीले खाता खोल्न, रकम जम्मा गर्न तथा झिक्न, रेमिट्यान्स भुक्तानी र कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । यी सेवा केन्द्रबाट सेवाग्राहीले चाहेको बेलामा तुरुन्तै खाता खोल्न र चिपमा आधारित डेबिट कार्ड पनि प्राप्त गर्न सक्ने छन् ।

यूकेएड सक्षमसँगको सहकार्यमा निकट भविश्यमा अन्य २० स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गर्ने तथा १४ जिल्लाका विपन्न वर्गमा कर्जा प्रवाह र वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने बैंकको योजना छ । बैकले हाल देशभरमा ७५ स्थानबाट बैंकिङ तथा ८४ स्थानबाट एटिएम सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7