विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको ‘विन्टर अफर’, डाटा र एसएमएसमा छुटै छुट

   पुष ०६, २०७४        689        ऊर्जा खबर / काठमाडौँ

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गरी ‘विन्टर अफर’ ल्याएको छ । टेलिकमले जाडो अवधिभर भोली शुक्रबारदेखि आगामी माघ २१ गतेसम्म लागु हुने गरी छुट अफर ल्याएको हो ।

इन्टरनेट डाटा प्याक र बोनस डाटा स्ट्रिमिङ प्याक उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ । टेलिकमको डाटा स्ट्रिमिङ प्याक, युट्युब र वाउटाइम एप्सबाट टिभी हेर्न सकिन्छ ।

यी हुन् टेलिकमले जाडो मौसमलाई लक्षित गरी ल्याएका अफर ।

१. अल टाइम डाटा प्याक

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलका ग्राहकले विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सक्नेछन् ।
विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटासँगै एक दिनसम्म उपभोग गर्न मिल्ने २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी १ सय ५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १ सय ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसकोस्वरुप ग्राहकले पाउने छन् ।
१ सय २० रुपैयाँमा २८ दिनसम्म चौबिसै घन्टा उपयोग गर्न पाउने गरी ५ सय एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिन चाहाने ग्राहकले WIN25MB, WIN150MB   वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

२. नाइट डाटा प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताले नाइट डाटा प्याक प्रयोग गर्न पाउने छन् । यो प्याक राती १० बजेदेखि विहान ६ बजेसम्मका लागि प्रयोग गर्न सकिनेछ । बोनसकोस्वरुप उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यसै समयमा प्रयोग गर्नुपर्ने छ ।
विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न मिल्ने १ सय २० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसकोरुपमा उपलब्ध गराइएको छ ।

यस्तै, ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनस दिइएको छ ।
१ सय २० रुपैयाँमा २८ दिन अवधिका लागि १६ सय एमबी डाटा र ७ दिन अवधिका लागि १६ सय एमबी डाटा स्ट्रिमिङ प्याक दिइएको टेलिकमले जनाएको छ ।
यो प्याक लिने ग्राहकले WN120MB, WN700MB वा WN1600MB  लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

३. फेसबुक/इन्स्टाग्राम प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक ल्याइएको छ ।
यो प्याक अन्तर्गत फेसबुक/इन्स्टाग्राम चलाउन मिल्ने गरी १२ रुपैयाँमा तीन दिन अवधिका लागि चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिन अवधिको ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसस्वरुपम दिइएको छ ।

यस्तै, ६० रुपैयाँमा चौध दिन म्याद रहने गरी चौबिसै घन्टा उपयोग गर्न मिल्ने २ सय ७५ एमबी डाटा र ३ दिन चलाउन सकिने २ सय ७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१ सय २० रुपैयाँको प्याक लिने ग्राहकका लागि २८ दिन अवधिको चौबिसै घन्टाका प्रयोग गर्न सकिने गरीको ६ सय एमबी डाटा र ५ दिन अवधिको ६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसकोरुपमा उपलब्ध गराइएको छ ।
यो प्याक लिनका लागि WF50MB, WF275MB वा WF600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

४. एसएमएस प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताले एसएमएस प्याकेज प्रयोग गर्न पाउने छन् । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएससंगै ५० वटा बोनस एसएमएस दिइएको छ । १० रुपैयाँमा १ सय एसएमएस गर्न सकिने छ ।
यो प्याक लिने ग्राहकले SMS100 लेखी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7