advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

साढे २ वर्षमा १ लाख १८ हजार घर पुनर्निर्माण

   पुष ०६, २०७४        320        ऊर्जा खबर/काठमाडौं

विनाशकारी भूकम्प गएको साढे दुई वर्षमा जम्मा १ लाख १८ हजार निजी घरको पुनर्निर्माण भएको छ । सरकारको बेवास्ता र पुनर्निर्माण प्राधिकरणको नेतृत्व परिवर्तनले लक्ष्यअनुसार काम नभएको हो ।

प्राधिकरणका अनुसार भूकम्पले देशभर ७ लाख ६७ हजार घर पूर्णरूपमा क्षति भउका थिए । विगतमा कामको गति सुस्त रहे पनि अहिले यस्तो अवस्था नरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

भुसालका अनुसार १ लाख १८ हजार भूकम्पपीडितले दोस्रो र २० हजारभन्दा बढीले तेस्रो किस्ता रकम बुझिसकेका छन् । ‘भूकम्पपीडितको समस्याप्रति प्राधिकरण चिन्तित छ,’ भुसालले भने, ‘डकर्मी स्थानीयस्तरमै उत्पादन गर्ने र प्राविधिकको अभाव हुन नदिने गरी काम भइरहेको छ ।’

प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा रिक्त १ हजार १ सय इन्जिनियर र सबइन्जिनियर सम्बन्धित स्थानीय तहमा खटाएको छ । निर्वाचनका कारण प्राविधिक खटाउन गाह्रो भएको प्राधिकरणको तर्क छ । अहिले सबै जिल्लामा प्राविधिक खटाएर त्यसको अनुगमन पनि भइरहेको भुसालले बताए । निर्माण सामाग्री, दक्ष कामदारको अभाव र पानीको कारणले केही जिल्लामा पुननिर्माण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7