advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इको प्यानलमा काम गरेर मासिक ५० हजार

   पुष ११, २०७४        2136        काठमाडौं/ऊर्जा खबर

दोलखाका मोहन श्रेष्ठ सामान्य डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार रुपैयाँभन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इँटाको सट्टा प्रयोग हुने इको प्यानल जडान गर्ने उनको आम्दानी लोभलाग्दो छ ।

दुई वर्षदेखि इको प्यानल जडान गर्दै आएको बताउने उनले भने, ‘महिनामा ५० देखि ५५ हजार रुपैयाँसम्म कमाई हुन्छ ।’ अहिले आफ्नै दाइ र जेठान पनि उनीसँगै काम गर्छन् ।

वैदेशिक रोजगारीबाट फर्केका दाइलाई स्वेदशमै राम्रो कमाई हुने बताएर पुनः विदेशिनबाट रोकेको बताए । ‘यो कामबाट आकर्षक आम्दानी भएपछि उहाँंहरू दंग पर्नुभएको छ,’ उनले खुसी व्यक्त गरे ।

राम्रो कमाई हुने हुँदा यो काममा पुरुषमात्र नभई महिला पनि अग्रसर छन् । यही काममा लागेकी सरस्वती मगरले महिनामा करिब ४० हजार कमाउने बताइन् । ‘राम्रो आम्दानी छ, बूढाबूढी दुवैले मासिक ८० हजार रुपैयाँसम्म कमाउँछौं,’ उनले भनिन् ।

आम्दानी हुने देखेपछि बिहान क्याम्पस पढ्ने विद्यार्थीसमेत यसतर्फ आकर्षित भएका छन् । वासु माध्यामिक विद्यालय कालिघाट भक्तपुर कक्षा १२ मा पढ्ने विक्रम दुवालले यो कामबाट आफूले पकेट तथा पढाइ खर्च जुटाइरहेको सुनाए ।

इको प्यानल जडानमा काम गर्दै आएका वीरबहादुर तामाङले आफूले पढ्न नपाए पनि विद्यालय भवन बनाउन पाउँदा आनन्द लागेको बताए । ‘गरिबीले मैले पढ्न पाइनँ तर इको प्यालनबाट भूकम्पबाट भत्केका स्कुल पुननिर्माण गरी पढ्ने वातावरण बनाएको छु,’ उनले भने ।

इको प्यानल उत्पादन गर्ने कम्पनीले खटाएको ठाउँमा मजदुरले जडानको काम गर्छन् । यसका लागि कम्पनीले निर्माणस्थल मिलाइदिन्छ । ठेक्कामा हुने कामका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपर्छ ।

उपत्यका बाहिर गएर काम गर्नेलाई यातायात, खाने–बस्ने व्यवस्था पनि कम्पनीले बेहोर्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए । कामअनुसार कमाई, यो क्षेत्रमा कामदार पनि खुसी छन्,’ उनले भने, ‘काम गर्नेलाई प्रोत्साहन गर्दै स्वास्थ्य बिमा पनि कम्पनीले गर्दै आएको छ ।’

इको प्यानल प्रविधि दक्षिण एसियामै पहिलो भएकाले आवश्यक जनशक्तिलाई कम्पनीले नै तालिम दिँदै आएको छ । देशभर १२ वटा आउटलेट भएकाले अहिलेसम्म २० वटा समूहलाई सीप सिकाएर दक्ष बनाएको कम्पनीले जानकारी दिएको छ ।

इको प्यानल पहिला नै कारखानामा तयार गरिराखेको निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा बाहिरी वाल र भित्री पार्टेशन वाल (पर्खाल) को रूपमा इँटाको सट्टा प्रयोग हुने हलुका तथा वातावरणमैत्री निर्माण सामाग्री हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7