advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

ट्रमा सेन्टरमा इन्भेष्टमेन्टको एक्सटेन्सन काउन्टर

   पुष १६, २०७४        731        ऊर्जा खबर/काठमाडौं

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको माहांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा एक्सटेन्सन काउन्टर खोलेको छ । ३६५ दिन २४ सै घन्टा सेवा सञ्चालन हुने गरी काउन्टर खोलेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत ट्रमा सेन्टर परिसरको काउन्टरले आर्थिक कारोबार गर्न सहयोग गर्ने बैंकले जनाएको छ । काउन्टरले त्यहाँ आउने विरामीको उपचारक्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।

साथै बैंकले निकट भविष्यमै ट्रमा सेन्टर परिसरमै आफनो ९८औं एटिएम सञ्चालन गर्ने भएको छ । प्रवेशद्वारमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन ।

आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको हाल ६३ शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९७ एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको ५४ शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम छन् ।

चुक्ता पुँजी १०.६३ अर्ब रहेको बैंकको हाल निक्षेप १३१ अर्ब तथा कूल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ‘दि बैंकर’, फाइनान्सियल टाइम्स, लन्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ । यस्तै, इक्रा नेपालबाट ‘क’ वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7