विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक महिना नहुँदै फेरि पेट्रोलियमको भाउ बढ्यो

   पुष १८, २०७४        1706        ऊर्जा खबर/काठमाडौं

नेपाल आयल निगमले एक महिना पनि नहुँदै पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी भाउ बढाएको हो ।

निगमले यसअघि गत मंसिर २२ गते पेट्रोलियमको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ र हवाईमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ ।

बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मट्टितेल ७९ रुपैयाँ र ग्यास सिलिन्डरको १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।

यसैगरी, हवाई इन्धन आन्तरिक प्रतिलिटर ९० रुपैयाँ र अन्तर्राष्ट्रिय प्रतिकेएल ९ सय अमेरिकी डलर पुगेको छ । स्वचालित मूल्यप्रणाली अनुसार नै भाउ बढेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7