advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

१५ वर्षदेखि निर्माणमै सीमित ‘धोबीखोला काेरिडोर’

   पुष २०, २०७४        530        ऊर्जा खबर/काठमाडौं

उपत्यकाको ट्राफिक जाम व्यवस्थान तथा वैकल्पिक सडक परिकल्पना गरी निर्माण सुरु भएको १५ वर्षसम्म धोबीखोला काेरिडोर पूरा भएको छैन । ठेकेदारको लापरबाही, सरकारको फितलो अनुगमनलगायत कारणले सडक अझै निर्माणमै सीमित छ ।

ट्राफिक जाम तथा सडक व्यवस्थापन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको धोबीखोला, बागमती र विष्णुमती काेरिडोरको काम अहिले अलपत्रजस्तै छ । केही ठाउँमा कालोपत्रे गर्न सुरु गरिए पनि अधिकांश ठाउँ भत्काएर छोडिएको छ ।

तीनै करिडोर निर्माण पूरा भए काठमाडौंको झन्डै ३० प्रतिशत ट्राफिक जाम हटने अनुमान गरिएको छ । काम नहुनुमा स्थानीयको अवरोध पनि मुख्य कारण देखिएको छ ।

कपन भंगालपुलदेखि बागमती दोभान (खैरोपुल) सम्म तीन चरणमा दुवै किनार २४ किलोमिटर सडकको ट्रयाक खोल्ने, कालोपत्रे गर्ने, ढल बिछ्याउने, फुटपाथ बनाउने काम धोबीखोला करिडोर आयोजनाको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत पर्ने यो कामले गति लिन नसक्नु त्यहीँका कर्मचारीको लापरबाही देखिन्छ । आयोजनाले हालसम्म २० करोड रुपैयाँ खर्च गरिसक्यो तर काम पूरा हुने संकेत देखिएको छैन ।

निर्माण सुरु भएको १५ वर्षमा मुश्किलले ४५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । स्थानीयको अवरोध, मुआब्जा, सुकुम्बासी बस्तीलगायत कारणकाममा ढिलाई भएको धोबीखोला कोरिडोर सुधार आयोजना प्रमुख दिपक श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7