विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कर्मचारीका लागि सेयर निष्कासन गर्न रसुवागढीलाई अनुमति

   पुष २०, २०७४        9238        ऊर्जा खबर/काठमाडौँ

रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारीका लागि छुट्टयाएको २४ प्रतिशत सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बिक्री वितरण गर्ने स्वीकृति पाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्कासन हुनेछ ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र सेयर निष्कासन गरी बाँडफाँड गरिने उनले बताए । उनका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण तथा चिलिमे जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारी र आयोजनामा लगानी गर्ने स्थानीय निकायका कर्मचारीले सेयर खरिद गर्न पाउनेछन् ।

सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरण, चिलिमे  तथा स्थानीय निकायका कर्मचारीका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासनपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सिद्धार्थ क्यापिटललाई प्रमुख सेयर निष्कासनकर्ता तोकेको छ भने एनआइबिएल, ग्लोबल आइएमई र एनसिएम मर्चेन्ट बैंकिङ सहनिष्कासन कर्ता छन् । आयोजनामा प्राधिकरणको १८ र चिलिमेको ३३ प्रतिशत लगानी छ । बाँकी कर्मचारी, सञ्चयकर्ता, सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि छुट्याइएको सेयर बिक्री गरेर लगानी गरिदैछ । आयोजनामा ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानी छ ।

निर्माणाधीन आयोजनाकाे काम ५५ प्रतिशत पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7