विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोरम्बा गाउँपालिकामा सडक निर्माणले गति लियो

   पुष २२, २०७४        1723        ऊर्जा खबर/रामेछाप

रामेछापको दोरम्बामा स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेसँगै विकास निर्माणका कामले गति लिएको छ । स्थानीय तहको आवश्यकता पहिचान गरी विकास निर्माणका काम सुरु गरिएको हो ।

दोरम्बा गाउँपालिका सडकले छोए पनि हिउद वर्षा नै सहजरूपमा यातायात सञ्चालन गर्न समस्या छ । गाउँपालिकाले १२ महिना सडकमा यातायात सञ्चालन गर्ने उदेश्यअनुसार निर्माण र स्तरोन्नती सुरु गरिएको गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।

७ वडा रहेको गाउँपालिको केन्द्र टोकरपुरदेखि वडा कार्यालयसम्म यातायात सञ्चालन गर्ने लक्ष्य छ, उनले भने, ‘यातायातले नजोडदासम्म जनताले विकासको वास्ताविक अनुभूति गर्न सक्दैन ।’

गाउँपालिदेखि जिल्ला सदरमुकाम मन्थली र राजधानी जोडने मुख्य सडकको रूपमा रहेको दोरम्बा–अग्लेश्वर हुँदै गाल्वासम्मको सडक धमाधम स्तरोन्नती भइरहेको छ । यसका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।

पाँच किलोमिटर स्तरोन्नती गर्ने काम ५० प्रतिशत सम्पन्न भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उदय रानाले जानकारी दिए । सडक मानेडाँडा हुँदै गाउँपालिका केन्द्र टोकरपुरसम्म जोडिएको छ । गाल्वा–दोरम्बा खण्ड चौडा गर्ने र जोखिमपूर्ण स्थानमा पर्खाल तथा ग्याबिङ हाल्ने र सोलिङ गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7