advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काठमाडौं–तराई द्रुतमार्ग निर्माणकाे गति बढाउन प्रधानसेनापतिको निर्देशन

   पुष २२, २०७४        1757        ऊर्जा खबर/काठमाडौं

प्रधानसेनापति राजेन्द्र क्षाेत्रीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा कामकाे गति बढाउन कार्यदललाइ निर्देशन दिएका छन् । मकवानपुरस्थित निर्माण कार्यदल सुरक्षा बेस लेनडाँडा र बुदुनेमा नवनिर्मित भौतिक पूर्वधार अवलाेकन गर्नेक्रममा उनले यस्ताे बताएका हुन् ।

तस्बिर साैजन्य : नेपाली सेना

आयोजना निर्माणमा खटिएका रथी, अधिकृत, पदिकलगायतलाई कामकाे गति तीव्रता निर्देशन दिएका हुन् । सेनाले द्रुतमार्ग निर्माणमा आवश्यक जनशक्ति, विष्फोटक पदार्थलगायत विभिन्न बन्दोबस्तीका सामाग्री भण्डारण र वितरण गर्न सुरक्षा बेसको स्थापना गरेकाे छ ।

राष्ट्रिय गाैरवकाे सूचीमा राखिएकाे सडक निर्माण गर्न हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेस स्थापना गरिएकाे छ । अन्य सुरक्षाबेस आवश्यकता अनुसार स्थापना गर्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7