advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

हाइड्रो एक्स्पो ४० हजारले अवलोकन गरे

   पुष २३, २०७४        1430        ऊर्जा खबर/काठमाडौं

जलविद्युत्मा स्वदेशी तथा विदेशी लगानी अाकर्षित गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु भएकाे पहिलाे ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ अाइतबार पूरा भएकाे छ । एक्स्पाे ४० हजारले अवलोकन गरेका छन् ।

राजधानीको भृकुटी मण्डपमा अायाेजना गरिएकाे एक्पोमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित स्वदेशी, विदेशी तथा क्याम्पस र विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकले अवलोकन गरेका हुन् ।

एक्स्पो पूर्ण सफल भएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘जलविद्युत्को विकाससँग जोडिएका सबै क्षेत्रलाई समट्न सफल भएको छ,’ उनले भने, ‘गुणस्तरीय सूचना साटासाट भएकाले जलविद्युत् भविष्यमा प्रवर्द्धकको यात्रा सहज बनाउन एक्स्पोको सहयोगी भूमिका रहने छ ।’

तस्बिर : ऊर्जा खबर

जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने ठूला उपकरणको बजार मूल्य प्रतिश्पर्धात्मक देखिँदा प्रवद्र्धकले सस्तो दरमा खरिद गर्न सक्ने सम्भावना देखाएको पनि गुरागाईंले बताए ।

३ दिनसम्म चलेको एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, ऋण लगानी गर्ने बैंक,इक्युपमेन्ट सप्लायर, विदेशी लगानीकर्ताको सहभागिता रहेको थियो । चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका प्रतिनिधीले सहभागिता जनाएका छन् ।

तस्बिर : ऊर्जा खबर

साउथ वेष्ट्रन विजनेस कलेजलाई उत्कृष्ट पुरस्कार

हिमालयन हाइड्रो एक्स्पोले आयोजना गरेको अन्तर कलेज प्रतिश्पर्धामा साउन वेष्ट्रन विजनेस कलेज उत्कृष्ट भएको छ । जलविद्युत उत्पादनमा स्वदेशी लगानीका स्रोतबारे प्रस्तुती दिएको कलेजले प्रतियोगितामा पहिलो पुरस्कार प्राप्त गरेको हो । विजेता कलेजले ५५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा रासीको पुरस्कार प्राप्त गरेको छ ।

तस्बिर : ऊर्जा खबर

यस्तै, काठमाडौं विश्व विद्यालयको समूह ‘सी’ प्रतियोगितामा दोस्रो भएको छ । यो समुहले ‘लो हेड भएका आयोजनाका लागि प्रयोग हुने टर्वाइनको डिजाइन तथा निर्माण गरेको थियो ।

दोस्रो हुने समूहलाई २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा रासीको पुरस्कार प्रदान गरिएको छ । तेस्रो हुने काठमाडौं विश्व विद्यालयकै समूह ‘ई’ ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा प्रदान गरिएको छ । यो समूहले नदीको पानी पम्पिङ गरेर ग्रामीण क्षेत्रमा सिंचाई गर्न सकिने प्रविधि आविश्कार गरेको थियो ।

प्रतियोगितामा काठमाडौ विश्व विद्यालयको समूह ‘डी’ ‘सी’, ‘ए’ क्रमशः चौंथो, पाँचौं र छैटौं भएका छन् । विजेतालाई इपान अध्यक्ष गुरागाईंले नगद पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7