advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

जलविद्युतमा साना आयोजनाको योगदान बढी

   पुष २४, २०७४        1582        ऊर्जा खबर/काठमाडौं

केन्द्रीय प्रसारण प्रणालीमा जडितमध्ये १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको योगदान संख्यात्मकरूपले बढी देखिएको छ । केन्द्रीय प्रणालीमा जडित ८७ मध्ये ६७ आयोजना १० मेगावाटभन्दा साना छन् ।

हाल प्रणालीमा ८७ आयोजनाबाट उत्पादित ९ सय ९३ मेगावाट विद्युत् जडित छ । यसमध्ये २ सय ७४ मेगावाट साना आयोजनाबाट उत्पादन भएको हो । १० मेगावाट ठूला २० आयोजनाबाट ७ सय ४६ मेगावाट विद्युत् उत्पादन भइरहेको प्राधिकरणको जानकारी दिएको छ ।

सानामध्ये ७ आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो । बाँकीमा निजी जलविद्युत् प्रवर्द्धकको लगानी छ । पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा साना आयोजनाको संख्या बढी छ । यस्तै, मध्य तथा सुदूरपश्चिममा थोरैमात्र आयोजना निर्माण भएका छन् ।

निजी क्षेत्रद्वारा निर्माणाधीन ३ हजार ६० मेगावाटमध्ये १० मेगावाट साना ८९ आयोजना छन् । यी आयोजनाको क्षमता ३ सय ९९ मेगावाट छ । निर्माणाधीन सबै आयोजना अबको ६ वर्षभित्र पूरा हुँदैछन् ।

देशको जलविद्युत् विकासको इतिहास एक शताब्दी पुगे पनि कम समय र लागतमा निर्माण गर्न सकिने साना आयोजनामा लगानीकर्ताको आकर्षण देखिन्छ । जोखिम कम तथा छोटो समयमै प्रतिफल आउने हुँदा पनि प्रवर्द्धक साना आयोजनामा केन्द्रित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7