विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो सान्जेनको भौतिक प्रगति ६५ प्रतिशत

   पुष २४, २०७४        3018   

१४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएको छ । रसुवामा निर्माणाधीन आयोजनाको , बाँध, सुरुङ र विद्युतगृहको काम एकसाथ अघि बढेको हो ।

बाँधमा ८५ प्रतिशत निर्माण सकिएको सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । खनेर सकिएको सुरुङमा कंक्रिटिङको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

आयोजनाको विद्युत्गृहको जग खन्न सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत्गृह रहने स्थानमा पहिरो खसेपछि डिजाइन परिवर्तन गरेर नयाँ स्थानमा संरचना निर्माण गर्नु परेकाले केही ढिलो भएको हो।

आयोजनाको अहिलेको निर्माण गति नरोकिएमा २०७५ असारभित्र सिभिलतर्फको काम पूरा हुने श्रेष्ठको दाबी छ । सिभिलको काम सम्पन्न भएको ६ महिनामा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।

१ अर्ब ५१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने चिलिमे हब सबस्टेसनमा लगेर जोडिने छ । विद्युत्गृहबाट चिलिमे हबसम्मको ११ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माणको काम कम्पनीले सुरु गरिसकेको छ ।
यसैगरी, कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाट क्षमताको साञ्जेल जलविद्युत् आयोजना पनि ५५ प्रतिशत पूरा भएको छ । आयोजनाको बाँधको निर्माण ६० प्रतिशत सकिएको छ ।

३ हजार ६ सय मिटर लामो मुख्य सुरुङमध्ये १८ सय मिटर खनिसकिएको कम्पनीले जनाएको छ । ३ स्थानबाट निर्माण भइरहेको सुरुङको दैनिक प्रगति ८ मिटर छ ।

विद्युतगृहमा जग खनेर संरचना निर्माणको काम सुरु गरिएको छ । २०७५ मंसिरभित्र सिभिलतर्फको सम्पूर्ण काम पूरा गरेर इलेक्ट्रो तथा हाइड्रोमेकानिकल उपकरणको जडान थालिने छ ।

यो आयोजनाबाट उत्पादन हुने विद्युत् पनि चिलिमे हबमा लगेर जोडिने छ । दुवै आयोजनामा ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7