advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राजधानीमै बर्खा होस् या हिउँद हिलाम्यै सडक

   पुष २६, २०७४        281        ऊर्जा खबर/काठमाडौं

राजधानीका सडक वर्षामा हिलाम्यै हुनु नौलो होइन । तर, पुसको चिसो अर्थात् हिउँदमा पनि सडकको अवस्था उस्तै हुने गरेको छ ।

यो सर्वसाधारणले पत्याउन नसक्ने पक्ष हो । तर, बागमती कोरिडोरअन्तर्गत तीलगंगा–तामागंगा खण्ड अहिले पनि बर्खामा जस्तै हिलो छ ।

यही कारण सर्वसाधारणले आवत–जावतमा निकै कठिनाई भोग्नु परेको छ । कोरिडोर निर्माणक्रममा पर्खाल लगाउने काम भइरहेको छ । यही बाटो दैनिक हजारौं सवारी गुड्ने गर्छन् ।

चाबहिलमा अधिक ट्राफिक काम हुने हुँदा बौद्ध, जोरपाटी, दक्षिणढोका, मुलमानी लगायत स्थानमा जान तीलगंगा–तामागंगा खण्ड प्रयोग हुँदै आएको छ । तर, सडक व्यवस्थित छैन ।

सडक व्यवस्थित नभए पनि दैनिक ट्रक तथा पानीका ट्रयाङ्कर ओहोरदोहोर गर्छन । सडकमा नाला राखिएको छैन । यही कारण सडक हिलाम्यै हुने गरेको छ । सडक दिनहुँ जिर्ण बन्दै गए पनि यसमा सडक विभागको ध्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7