advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम पर्दाथको मूल्य बढाउनु निगमको बाध्यता : भट्टराई

   पुष २६, २०७४        546        ऊर्जा खबर/काठमाडौं

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता भएको बताएका छन् ।

अन्तराष्ट्रिय बजारको दर अनुसार भारतीय आयल निगम (आइओसी) ले मूल्य बढाएर पठाउने हुँदा निगमले पनि पाक्षिकरूपमा समायोजन गर्नुपरेको बताएका हुन् ।

निगमको बुधबार सम्पन्न ४८औं वार्षिकोत्सव समारोहमा भट्टराईले २०७१ असोजबाट पेट्रोलियम पदार्थको स्वचालितररूपमा मूल्य समायोजन हुँदै आएको बताए । ‘४ वर्षको अवधिमा २० पटक स्वचालित मूल्य लागु भएको छ,’ उनले भने, ‘१७ पटक मूल्य घटेको छ भने ३ पटकमात्र बढेको छ ।’

अहिले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य कायम गरिएकामा निकट भविष्यमा हवाई इन्धनमा पनि लागू गरिने उनको भनाई छ ।

हाल २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँ रहेको निगमको चुक्ता पुँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउन सरकार, रणनीतिक साझेदार र सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी भइरहेको उनले जानकारी दिए । निगमको नयाँ वित्तीय संरचनामा सरकारको ५५ प्रतिशत, सर्वसाधारणको ३० प्रतिशत र रणनीतिक साझेदारको १५ प्रतिशत स्वामित्व रहने भट्टराईको भनाई छ ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले पछिल्लो ५ वर्षमा पेट्रोलियम पदार्थको खपत १५ प्रतिशतले वृद्धि भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १३ लाख ३८ हजार किलोलिटर आयात भएकोमा २०७३/७४ मा बढेर २१ लाख ९६ हजार ६६ किलोलिटर पुगेको छ ।

पेट्रोलियम पदार्थको खपत बढ्नुमा सडक सञ्जाल विस्तार हुँदा सवारी साधनको संख्या पनि थपिनु मुख्य कारण भएको गोइतको भनाई छ ।

पेट्रोलियम पदार्थको आयात पारदर्शी तथा गुणात्मक बनाउन आगामी माघबाट पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करमा ताला लगाउने प्रक्रिया सुरु हुनेमा उनले जोड दिए । निगम आज (बुधबार) बाट ४८ वर्ष पूरा गरी ४९औं वर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7