advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत् कम्पनीले ५० करोड नगद लाभांश बाँड्दै

   पुष २६, २०७४        7349        ऊर्जा खबर/काठमाडौं

जलविद्युत् लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५० करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ ।

कम्पनीको चुक्ता पुँजी अहिले १० अर्ब रुपैयाँ छ । कम्पनीमा संस्थागत ७ र साढे दुई लाख सर्वसाधारण सेयरधनी छन् । सर्वसाधारणबाट २ अर्ब रुपैयाँ उठाइएको थियो ।

सञ्चालक समितिले स्वीकृत गरेकाले कम्पनीको शुक्रबार बस्ने छैटौं वार्षिक साधारणसभाले लाभांश बाँड्ने निर्णय गर्नेछ । सेयरपुँजी र जगेडा कोषमा रहेको रकमसमेत जोड्दा कम्पनीमा अहिले करिब ११ अर्ब रुपैयाँ छ ।

विभिन्न जलविद्युत् आयोजनाका लागि कम्पनीले साढे ७ अर्ब रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाएको छ । यस्तै, उक्त रकमबाहेक अहिलेसम्म डेढ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।

कम्पनीले विद्युत्सँग सम्बन्धित ५ कम्पनीमा स्वपुँजी लगानी गरेको छ । पावर ट्रान्समिसन कम्पनी नेपाल (पिटिसिएन) मा १४ प्रतिशत, रेमिट हाइड्रो कम्पनीमा शतप्रतिशत, विद्युत् उत्पादन कम्पनीमा ४ प्रतिशत, एनइए इन्जिनियरिङ तथा पावर ट्रेड कम्पनीमा १५/१५ प्रतिशत र फुकोट कर्णालीमा १० प्रतिशत स्वपुँजी लगानी छ ।

ती ५ कम्पनीमा ३४ करोड रुपैयाँभन्दा बढी लगानी भएकाे छ । अहिलेसम्म कम्पनीले ५ सय ४१ मेगावाटका आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

जलविद्युत् विकासमा लगानी जुटाउने लक्ष्य २०६८ असार २७ गते कम्पनी स्थापना भएको थियो । तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टले कम्पनी स्थापनामा पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7