advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

उपत्यका सडक विस्तारमा प्राधिकरण र टेलिकम बाधक

   पुष २७, २०७४        1198        ऊर्जा खबर/काठमाडौं

राजधानीको सडक विस्तार समयमै पूरा नहुनुमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकम बाधक देखिएका छन् । सडक विस्तारक्रममा प्राधिकरणले विद्युत्का पोल सार्न ढिला गर्दा समस्या देखिएको हो ।

प्राधिकरणले विद्युत्का पोल समयम नसार्दा टेलिकमले तार व्यवस्थित गर्न नसकेको एक अर्काको दाबी छ । यही कारण काम ढिला भएको डिभिजन सडक कार्यालय काठमाडौं १ का सूचना अधिकारी सुशील भण्डारीले बताए ।

‘डिभिजन कार्यालयले पटक–पटक पत्राचार गर्दा पनि सम्बोधन भएको छैन’, उनले ऊर्जा खबरसँग भने, ‘सरकारी निकायबीच समन्वय नहुँदा सडक विभागले सबै आरोप खेप्नु परेको छ ।’

विद्युत्का पोल नसारेको बाहनामा उता ठेकेदारले ढिला गर्ने वा काम रोक्ने गरेको छ । यसको परिणाम दैनिक आवत–जावत गर्ने सर्वसाधारण यात्रुमा पर्न गएको छ । धुलो धूवाँले पैदलयात्रुले सधैं सास्ती खेप्नु पर्छ ।

सडक विस्तारक्रममा उचित अनुगमन नहुँदा ठेकेदारले निहुँ खोज्ने र लागत बढाउने बाहना पाएका छन् । यसैले लागत नाघ्दा पनि काम पूरा भएको हुँदैन । डिभिजन कार्यालय काठमाडौंले त्रिपुरेश्वर–बूढानीलकण्ठ खण्ड निर्माण तथा विस्तार गर्दै आएको छ ।

डिभिजन १ बाट मात्रै झण्डै ८४ सडक विस्तार भइरहेका छन् । तीमध्ये थोरै मात्र सम्पन्न भएका छन् । अधिकांश सडक ठेकेदारको ढिलासुस्तीले गति लिन सकेको छैन् । ठेक्का लिँदा समय सीमाभित्रै सम्पन्न गर्ने बाचा भए पनि समयान्तरमा यो लागू हुँदैन ।

विद्युत् पोल र टेलिफोनको तार कारण देखाएर ठेकेदारले पटक–पटक समय थप्न दबाद दिने गरेका छन् । काममा ढिला गर्दा नाफा हुने भएपछि अधिकांश ठाउँमा ठेकेदारले जानेरै काम रोक्ने गरेका उदाहरण छन् ।

विद्युत्, टेलिकम, ढल निर्माण र खानेपानीका कारण समयमै काम सम्पन्न हुन नसकेको सूचना अधिकारी भण्डारीको दाबी छ । ‘खानेपानीको पाइप लिक हुँदा पनि काममा कठिनाई हुन्छ,’ उनले भने, ‘यसमा खानेपानी विभागले ध्यानै दिँदैन । यद्यपि, कामको अनुगमनमा भने सडक विभागले पनि जिम्मेवारी पूरा गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7