advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

युनिभर्सल पावर कम्पनीले ९६ लाख कित्ता सेयर निष्कासन गर्ने

   पुष २८, २०७४        1194        ऊर्जा खबर / काठमाडौँ

युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको ९६ करोड रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागेको हो ।

४० प्रतिशत साधारण सेयरमध्ये १० प्रतिशत जिल्लाबासीका लागि छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी माघ ११ गते हुने विशेष साधारणसभाबाट सेयर निष्कासन सम्बन्धि प्रस्ताव पारित हुनेछ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता हुनेछ । सेयर निष्कासनको प्रक्रिया पूरा हुन ६ देखि ९ महिना लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दोलखामा निर्माण गरिरहेको आयोजनाको ३० प्रतिशत काम पूरा भएको छ । बाँध, पाइप लाइन र विद्युत्गृहको काम तीव्र गतिमा अघि बढेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7