विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो मोदीको बिजुली आउन अझै ६ महिना लाग्ने

   पुष २८, २०७४        1758        ऊर्जा खबर/काठमाडौं

पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु हुन अझै ६ महिना लाग्ने भएको छ । ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम नसकिएकाले समय लाग्ने भएकाे हाे ।

गत साउनमै उत्पादन सुरु गर्ने तालिका भए पनि सुरुङमा समस्या अाएर निर्माण अवधि लम्बिँदा एक वर्ष ढिलो भएको आयोजना प्रमुख पवन यादवले बताए ।

‘गत साउनमा बिजुली बाल्न सम्भव नभएपछि पुसको तालिका थियो,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘अहिले चैतको लक्ष्य राखेर काम गरिरहेका छौं । उपकरण जडानको काम धेरै बाँकी रहेकाले असारसम्म पुग्ने अनुमान छ ।’

उनका अनुसार हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडान गर्न अझै ३ महिना लाग्ने देखिएको छ । आयोजनामा उपकरण जडान गर्ने ठेकेदारबीच समन्वय अभावले अवधि लम्बिएको छ । सुरुङमा कंक्रिटिङको काम पूरा भएकाले एक महिनाभित्र ठेकेदारले हस्तान्तरण गर्ने पनि उनले बताए ।

मोदी इनर्जी प्रालिले निर्माण गरिरहेको आयोजना ९५ प्रतिशत पूरा भएको छ । आयोजनाको हेडवर्क्सम ९९ प्रतिशत काम पूरा भएको यादवले जानकारी दिए ।

आयोजनाबाट वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् ४.२ किलोमिटर दूरीको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा जोडिनेछ ।

२०६९ सालबाट निर्माण सुरु भएको आयोजना पूरा गर्न ४ अर्ब ६२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । ३ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिए पनि आयोजनाको सुरुङमा समस्या हुँदा लागत बढेको हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7