advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१४ वर्षपछि जोडियो चिनियाँ ‘इन्टरनेट ब्याण्डविथ’

   पुष २८, २०७४        1979        ऊर्जा खबर/काठमाडौं

चिनियाँ इन्टरनेट प्रयाेग गर्नेबारे प्रक्रिया सुरू भएकाे झन्डै १४ वर्षपछि शुक्रबार नेपाल-चीन जाेडिएका छन् । यसबारे दुवै देशबीच सन् २००३ मै अार्थिक तथा प्राविधिक सहकार्य सम्झाैता भएकाे थियाे ।

‘इन्टरनेट ब्याण्डविथ’ का लागि भारतमै निर्भर नेपालले आज (शुक्रबार) देखि चिनियाँ इन्टरनेट पनि प्रयोगमा ल्याएको छ । नेपाल टेलिकमले रसुवागढी ‘गेट वे’ बाट उक्त ब्याण्डविथ प्रयोगमा ल्याएको हो ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ब्याण्डविथको संयुक्तरूपमा शुभारम्भ गरे । १.५ जिबिपिएस क्षमताको चिनियाँ इन्टरनेट प्रयोगमा आएपछि गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मन्त्री बस्नेतले नेपाल–चीनबीच जोडिएको सूचना प्रविधि पूर्वाधारले विकास निर्माणमा नयाँ आयाम थपिने बताए । ‘जलविद्युत् विकासमा चिनियाँ लगानी बढिरहेको छ, योसँगै भविष्यमा चिनियाँ रेल नेपालसम्म आउने आधार पनि तय हुँदैछ,’ उनले भने ।

यसैगरी, राजदूत होङले इन्टरनेट प्रयोगले दुई देशबीचको सम्बन्ध थप दरिलो भएको बताइन् । ‘चीन नेपालमा ब्यापार तथा लगानी गर्ने र पर्यटक बढाउने दोस्रो ठूलो देश हो,’ उनले भनिन्, ‘इन्टरनेटले व्यापार विस्तारमा थप टेवा पुर्याउनेछ ।’

टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले विश्व इन्टरनेट सञ्जालमा जोडिन चिनियाँ ब्याण्डविथले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘इन्टरनेट प्रयोग गर्न भारतमै निर्भर हुनुपरेको थियो, आज टेलिकमले व्यवसायमा विविधिकरण गरेको छ,’ उनले भनिन्, ‘यो हाम्रा लागि महत्त्वपूर्ण अवसर हो ।’

इन्टरनेटलगायत सेवा विस्तार गर्दै टेलिकम नयाँ पुस्तामा रूपान्तर हुँदै गएको पनि उनले बताइन् । यो रसुवागढी गेट वे हुँदै चीनको केरुङबाट नेपाल जोडिनेछ । उक्त हिमाली क्षेत्रका कारण सेवा विस्तारमा केही चुनौती रहेको उनको भनाइ छ ।

यसअघि नेपाल भारतका विभिन्न टेलिकम अपरेटरमार्फत विराटनगर, भैरहवा, वीरगन्जलगायत गेट वे बाट विश्व इन्टरनेटसँग जोडिएको थियो । भारतसँग नेपालले २५ जिबिपिएस इन्टरनेट प्रयोग गरिरहेको छ ।

इन्टेरनेट प्रयोग गर्न सन् २००३, डिसेम्बरमा नेपाल–चीनबीच आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता भएको थियो । सन् २००५ डिसेम्बर ७ मा अध्ययन पूरा भएको थियो । सन् २०१६ डिसेम्बर ६ मा ब्याण्डविथ प्रयोग गर्ने सम्बन्धमा टेलिकम र चिनियाँ कम्पनीबीच व्यापारिक सम्झौता भएको थियो ।

याे पनि पढ्नुहाेस्

‘इन्टरनेट ब्याण्डविथ’ मा भारतको एकाधिकार अन्त्य

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7