advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

एक वर्षमै ८ लाख विद्युतीय सवारी बिक्री

   पुष २८, २०७४        3031        ऊर्जा खबर/काठमाडौं

चीनले विद्युतीय सवारी उत्पादन र बिक्रीमा गत वर्ष उच्च रेकर्ड राखेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा उत्पादन तथा बिक्रीतर्फ ५० प्रतिशतभन्दा बढी विस्तार गरेको हो ।

अटो उद्योग संघका अनुसार सन् २०१७ मा ७ लाख ७७ हजार विद्युतीय सवारी बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ५३.३ प्रतिशत बढी हो ।

चाइना अटो मोबाइल उत्पादक संघका अनुसार सन् २०१६ को तुलनामा २०१७ मा ०.३ प्रतिशतले सवारी बिक्री दर बढेको छ । योसँगै चीनले बजार र उपभोक्ताको मागअनुसार नयाँ-नयाँ मोडलका सवारी उत्पादन गर्न थालेको छ ।

यसैगरी, सन् २०१६ को तुलनामा २०१७ मा सवारी उत्पादन ५३.८ प्रतिशतले बढेर ७ लाख ९४ हजार पुगेको छ । चीनले विद्युतीय सवारी प्रयोगमा प्रोत्साहन गर्न थालेपछि उत्पादन तथा बिक्री दर बढेको जनाइएको छ ।

विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषणलाई ध्यान दिँदै विद्युतीय कार खरिदमा चीनले सहुलियत दिँदै आएको छ । यस्तै, हरेक सरकारी कार्यालयमा विद्युतीय सवारी किन्न प्रोत्साहन तथा दबाब सिर्जना गरिएको छ ।

सन् २०१७ मा चीनले आफ्नो नाम विश्वको ठूलो अटो बजारमा सूचीकृत गरेको छ । अटो उत्पादक संघका अनुसार त्यहाँ हरेक वर्ष कार तथा सवारी बिक्री अनुपात ३ प्रतिशतले बढिरहेको छ । गत वर्ष मात्र चीनमा २ करोड ८८ लाख ८० हजार कार बिक्री भएको थियो ।

नेपालमा पनि यो अभियान सुरु गर्न राष्ट्रिय योजना आयोगले नीतिगत व्यवस्था गर्दैछ । आयोगले पुस १४ गते विद्युतीय कार खरिद गरेर नीतिगत व्यवस्थाको संकेत दिएको थियो । काठमाडौं तथा देशका मुख्य सहरमा विस्तारै विद्युतीय सवारी प्रयोगकर्ता बढ्दैछन् ।

सिन्ह्वाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7