advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

११ वर्षपछि चमेलियाको विद्युत् ग्रिडमा जोडियो

   पुष २८, २०७४        3548        ऊर्जा खबर/काठमाडौं

निर्माण सुरु भएको झन्डै ११ वर्षपछि चमेलिया जलविद्युत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । शुक्रबार आयोजनाको एउटा युनिटबाट उत्पादित विद्युत् ग्रिडमा पठाइएको हो ।

विद्युत् उत्पादन भएको युनिटको ‘लोड रिजेक्सन टेस्टिङ (प्रारम्भिक परीक्षण)’ गरिएको छ । यो परीक्षण सफल भए रिलायबिलिटी टेस्टिङ (लामो समयसम्म परीक्षण) हुने आयोजना प्रमुख अजयकुमार दाहालले बताए । रिलायबिलिटी रेस्टिङ ७२ घन्टासम्म हुनेछ ।

‘अहिले ४ मेगावाट विद्युत् ग्रिडमा जोडिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ यो परीक्षण सफल भए माघ ५ गतेबाट रिलायबिलिटी टेस्टिङ सुरु हुन्छ ।’ एउटा युनिटको परीक्षण पूरा भएपछि माघ पहिलो साताबाट दोस्रो युनिटको परीक्षण सुरु हुने उनले बताए ।

रिलायबिलिटी रेस्टिङपछि मात्र औपचारिकरूपमा ग्रिडमा विद्युत् पठाइन्छ । दार्चुलामा निर्माण भएको ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट छन् ।

दोस्रो युनिट परीक्षण गरेर औपचारिकरूपमा ग्रिडमा विद्युत् पठाउन अझै एक महिना लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7