advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिने

   पुष ३०, २०७४        946        ऊर्जा खबर/काठमाडौं

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको १०औं वार्षिक साधारणसभाले यस्तो निर्णय पारित गरेको हो ।

कम्पनीले आवमा २०७३/७४ मा खुद १५ अर्ब ३७ करोड रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्या वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकलाई सेवा उपलब्ध गराइएको जनाइएको छ ।

कम्पनीबाट सञ्चालित आयोजना तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले कार्यान्वयन अनुगमन प्रभावकारी बनाउँदै लैजाने कम्पनीको योजना छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष केदारबहादुर अधिकारीले रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक काममा परामर्श तथा सहजीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

कम्पनीले कम्पनी ऐनले तोकेको समय भित्र नै यो साधारणसभा सम्पन्न गर्न सफल भएको छ । शेयरधनीहरुलाई लाभांश रकम आगामी माघ २ गते देखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश रकम अहिले सम्म वितरण गरिएको लाभांश रकम मध्ये सवैभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7