advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

तीन महिनापछि काठमाडौं धुलोमुक्त

   माघ ०५, २०७४        458        ऊर्जा खबर/काठमाडौैं

धुलो–धूवाँका कारण उपत्यका प्रदूषितमात्र भएको छैन । दैनिक जीवनयापन नै प्रभावित भएको छ । सरकारले अब यो समस्या तीन महिनाभित्र समाधान गर्ने भएको छ ।

तीन महिनापछि उपत्यकामा धुलो देख्न नपाइने सरकारी अधिकारीको दाबी छ । मेलम्ची खानेपानी वितरण गर्न पाइपलाइन विस्तारको काम पूरा भएका सडक तीन महिनाभित्र कालोपत्रे गर्ने योजना छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘आयोजना कार्यान्वयन निर्देशनालय’ ले पाइपलाइन विस्तार गर्न खनिएको सडक तोकिएको समयकै कालोपत्रे गर्ने दाबी गरेको छ ।

‘पाइपलाइन विस्तार गर्न अधिकाशं काम पूरा भएको छ, अब हामी सडक कालोपत्रे गर्दैछौं,’ निर्देशनालय प्रवक्ता लीलाप्रसाद ढकालले ऊर्जा खबरसँग भने ।

पाइपलाइन विस्तारक्रममा खनिएको सडक कालोपत्रे गर्ने हो भने ५० प्रतिशतभन्दा बढी धुलो कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7