advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

कृषि विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने

   माघ ०७, २०७४        4172        ऊर्जा खबर/काठमाडौं

कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश दिने भएको छ । आगामी माघ २९ गते हुने वार्षिक साधारणसभाले बोनस सेयर तथा लाभांश पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । सर्वसाधारण सेयरधनीलाई उक्त चुक्ता पुँजीको २० प्रतिशत अर्थात् १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँको बोनस सेयर दिने भएको छ ।

यसैगरी, चुक्ता पुँजीको १.०५३ प्रतिशत अर्थात् ७ करोड ४६ लाख ७ हजार १ सय ५८ रुपैयाँ नगद लाभांश दिने भएको छ । यो रकम कर प्रयोजनका लागि छुट्ट्याइएको हो । उता अग्राधिकार सेयरधनीलाई भने चुक्ता पुँजीको ६ प्रतिशत ३२ करोड ५९ लाख ६२ हजार ७ सय २० रुपैयाँ लाभांश दिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7