advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

कलंकी–कोटेश्वर चक्रपथ खण्ड ६ महिनाभित्र सकिँदै

   माघ ०९, २०७४        1522        ऊर्जा खबर/काठमाडौैं

उपत्यकाको सवारी चाप व्यवस्थापन गर्ने लक्ष्यले सुरु भएको चक्रपथ विस्तार पहिलो खण्डको काम आगामी ६ महिनाभित्र पूरा हुने भएको छ । निर्माणले गति लिएकाले तोकिएको समयमा काम पूरा हुने देखिएको हो ।

चक्रपथ विस्तार पहिलो खण्ड अर्थात् कलंकी–कोटेश्वर १०.४० किलोमिटरको अधिकांश काम पूरा भएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । ‘सडक किनार, आवश्यक ८ पुल र ३ आकाशे पुल निर्माण भइसकेको छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘अबको ६ महिना वा जुलाई अन्त्यसम्म सबै काम सकिन्छ ।’

निर्माणको अधिकांश काम पूरा भएकाले अब ‘फिनिसिङ’ हुँदै गएको पनि भण्डारीले बताए । उनका अनुसार कोटेश्वर–ग्वार्को खण्ड फिनिसिङ भएको छ । यस्तै, कलंकी भूमिगत सडक (अन्डर पास) को कामसमेत ८० प्रतिशत पूरा भएको छ ।

३१ करोड २० लाख चिनियाँ युआन (५.३० करोड रुपैयाँ) मा चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सन ग्रुपले काम गरिरहेको छ । कम्पनीले सन् २०१८ जनवरी १७ मा काम पूरा गर्नुपर्थ्याे । तर, भूकम्प र नाकाबन्दीका कारण ६ महिना समय थपिएको हो ।

सन् २०१३ काे जुनमा निर्माण सुरू भइ सन्र २०१६ जुलाइमा पूरा गर्ने लक्ष्य थियाे । तर, भूकम्प, नाकाबन्दी, निर्माण क्षेत्र खाली गर्न समय लागेकाले समय थपिँदै अाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7