advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

माछापुच्छ्रे बैंकद्वारा शितलहर प्रभावितलाई कम्बल वितरण

   माघ १०, २०७४        351        ऊर्जा खबर/ काठमाडौ

माछापुच्छ्रे बैंंक लिमिटेडले महोत्तरीका शितलहर प्रभावितलाई कम्बल वितरण गरेको छ । बैंकले बर्दिवास नगरपालिकाको गौरीबासका ६० परिवारलाई राहतस्वरुप कम्बल वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नेक्रममा शितलहर प्रभावित क्षेत्रमा पुगेर पिडितलाई न्यानो ओड्ने कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले संयुक्तरुपमा एकल महिला र विपन्न परिवारलाई कम्बल वितरण गरे ।

बैंंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत देशभरका शाखा कार्यालयमार्फत सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैंंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7